

उत्तराखण्डमा हाइड्रोपावरको बाँध फुट्यो, ठूलो संख्यामा नेपालीसहित २५० वेपत्ता (भिडिओसहित)

काठमाडौं– भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा एउटा हाइड्रोपावरको बाँध फुट्दा ठूलो संख्यामा नेपालीसहित २५० जना वेपत्ता भएका छन्।
ऋषिगंगा पावर प्रोजेक्टको बाँध फुटेपछि श्रीनगर प्रशाशनले धारीदेवी मन्दिरलगायत प्रभावित क्षेत्रलाई खाली गराएको बताइएको छ। उत्तराखण्डस्थित भारतीय समाचार संस्था आजतकका संवाददाता राजेश छाउडाका अनुसार उक्त घटनामा कयन नेपाली मजदुर समेत परेका छन्। उनले अनलाइनन्युजसेभेनसँग भने,‘ठूलो संख्यामा मानिस परेको विवरण आएको छ, धेरै नेपाली मजदूर समेत परेका छन्।’
हिमताल फुटेपछिको नदीमा आएको बाढी विभिन्न गाउँमा पसेको र घरहरू क्षति गरेको खबरमा उल्लेख छ । हिमताल फुटेको सूचना पाएपछि प्रहरीसहित जिल्ला प्रशासन कार्यालयको टोली घटनास्थलतर्फ गएको जनाइएको छ ।

