गाईगोरुलाई थापेको ‘पासो’मा छोरो परेपछि…


कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । भीमदत्त नगरपालिका वडा नं. १० तिल्केनी निवासी शिव लुहारले गाईवस्तुका रोक्न लगाइएको घेराबारमा करेन्ट छाडेकोमा सोही तारलाई छुँदा छोराको करेन्ट लागेर मृत्यु भएको हो ।

आइतबार दिउँसो भएको उक्त घटनामा शिवका १८ वर्षीय छोरा अनिल लुहारको मृत्यु भएको छ ।

बाबु शिवले घर वरपर गाई गोरुलाई रोक्न तार लगाएका थिए । शिवले साेही तारमा करेन्ट छाडेको र तार छुँदा करेन्ट लागि छोरा अनिलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

निजको शव पोष्टमार्टमका लागि महाकाली अस्पताल लैजाने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

घटनाका बारेमा घटनास्थलमा पुगेर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया