कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज


काठमाडौं — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।

बैठक बिहान ११ बजे बीपी स्मृति भवन सानेपामा बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

यसअघि चैत १४ गते मंगलबार बस्ने भनिएको बैठक आजका लागि सारिएको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने बताइएको छ ।

प्रतिक्रिया