२४ घण्टामा विश्वमा कोरोनाले १० हजार ४२२ को मृत्यु


काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वमा कोरोनाका कारण १० हजार ४२२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २२ लाख ७१ हजार १८० पुगेको छ । 

पछिल्लो २४ घण्टामा ३ लाख ५५ हजार ४१ कोरोना संक्रमित थपिएका छन् । तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ४३ लाख ७० हजार ५५० जनामा कोरोना संक्रमण भइसकेको छ । 

प्रतिक्रिया