च्याम्पियन यू-१९ टिम स्वदेश फिर्ता


काठमाडौं – आईसीसी यू–१९ विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै विश्वकपमा पुगेको नेपाली टोली स्वदेश फर्किएको छ।

शुक्रबार साँझ स्वदेश आएको विजेता टोलीलाई नेपाल क्रिकेट संघ(क्यान)का पदाधिकारीहरूले स्वागत गरेका थिए।
यूएईलाई पराजित गरेर एसिया छनोटको च्याम्पियन बनेर नेपाली टोलीले विश्वकपमा स्थान बनाएको हो।

विश्वकपको एसिया क्षेत्र छनोटमा च्याम्पियन भएको नेपाली टोली स्वदेश फर्किएको हो। निर्णायक खेलमा बिहीबार यूएईलाई ७ रनले हराउँदै नेपाल विश्वकपमा पुगेको हो। नेपालले २०१६ को विश्वकप पछि पहिलो पटक विश्वकपमा स्थान बनाएको छ।

प्रतिक्रिया