

प्रदेश १ नामाकरण : ‘किरात लिम्बुवान सगरमाथा’ अस्वीकृत

विराटनगर – प्रदेश १ को प्रदेशसभा बैठकले प्रदेशको नाम किरात लिम्बुवान सगरमाथा प्रदेश राख्न पेस गरेको प्रस्ताव अस्विकार गरेको छ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले प्रस्ताव गरेको उक्त प्रस्ताव छलफलका लागि अस्विकार गरेको हो ।
प्रदेशसभा बैठमा एमाले सांसद रामबहादुर राना मगरले कोशी प्रदेश राख्न पेस प्रस्ताव माथी छलफल सूरु गरेको छ । उनको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल सुरु भएको हो ।
प्रदेशसभाको बहुमतले कोशी प्रदेशलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किरात लिम्बुवान सगरमाथाको प्रस्ताव संवत् अस्वीकृत भएको बताएका थिए ।
प्रदेशसभामा एमालेले पेश गरेको कोशी प्रदेशमाथि छलफल सुरु भएको छ । छलफल पछि बुधबार नै मत विभाजन हुनेछ ।

