

नामाकरणको प्रस्तावमा छलफल गर्न प्रदेश १ को प्रदेश सभा बैठक सुरु

काठमाडौं – प्रदेश १ को प्रदेश सभा बैठक शुरु भएको छ। बैठकमा प्रदेशको नामाकरण टेबल गर्ने कार्यसूची छ।
एमाले, कांग्रेसले संयुत्तरुपमा प्रदेशको नाम कोशी राख्नु पर्ने प्रस्ताव प्रदेश सभा सचिव समक्ष दर्ता गराएको छ। एमालेका रामकुमार राना प्रस्तावक छन्।
उक्त प्रस्तावको एमालेकै निरन राई र कांग्रेसका संसद भूमि राजवंशीले समर्थन गरेका छन्। त्यसैगरी किरात–लिम्बुवान–सगरमाथा’ प्रदेश नामाकरण गर्नुपर्ने भन्दै अर्को प्रस्ताव दर्ता भएको छ।
नेकपा (एकीकृत समाजवादी) का सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रस्ताव र जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बूको समर्थनमा उक्त प्रस्ताव दर्ता भएको छन्।
प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ। प्रदेश १ मा ९३ जनाको संसद छ। नामाकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ।
प्रदेश १ प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन्। सत्तापक्ष र विपक्ष दलहरु नामका बारेमा एक मत देखिए सहज रुपमा दुई तिहाई मत पुग्न सक्ने सम्भावना छ।

