प्रचण्ड–नेपालका कार्यकर्ताले पत्रकार जोशीलाई हातपात गरे, क्यामेरा फुटाईदिए


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपालका कार्यकर्ताले पत्रकार केशवराज जोशीमाथि हातपात गरेका छन्।

रिपोर्टिङका लागि कोटेश्वर पुगेका जोशीलाई अन्तरवार्ता लिने क्रममा प्रचण्ड नेपालका कार्यकर्ताले क्यामेरा समेत फुटाइदिएका हुन्। 

केपी ओलीको पक्षपोषण गरेको भन्दै हातपात गरेको जोशीले बताए । आम हड्तालका बेला जोशी रिपोर्टिङमा थिए। उनी शिलापत्र डटकममा कार्यरत छन्।

प्रतिक्रिया