जनकपुरमा झडप, दर्जनौँ राउन्ड हवाइ फायर


जनकपुरधाम – जनकपुरधाममा प्रचण्ड–नेपाल समूहका नेता-कार्यकर्ता र प्रहरीबीच झडप भएको छ। झडपको क्रममा प्रहरीले हवाइ फायरसमेत गरेको छ ।

बिहीबार जनकपुरधामका पसल बजारहरू बन्द गराउँदै हिँडेका प्रदर्शनकारीहरू जानकी चोक वाट जनक चोक हुँदै शिव चोक पुगेपछि विपरीत दिसा वाट आइरहेको एक सानो भ्यानमा तोडफोड गर्न थालेका थिए । सो क्रममा प्रहरीले दर्जन राउन्ड हवाई फायर गरेको हो।

उक्त झडपमा परी स्थायी समिति सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झासहित दर्जनौँ कार्यकर्ता घाइते भएका छन् । घाइते झाको टाउकोमा चोट लागेको नेकपा स्रोतले जनाएको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।

प्रतिक्रिया