चन्द्रागिरीबाट जुवा खेलिरहेका ७ जना पक्राउ


काठमाडौं – चन्द्रागिरीमा जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा धादिङ गजुरी गाउँपालिका–८ घर भएका ३२ वर्षीय नितेशराज तामाङसमेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार ९ सय ८५ रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरु माथी थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया