

आगलागीबाट उदयपुरगढीमा पाँच लाख बराबरको क्षति

उदयपुर – उदयपुरको उदयपुरगढी गाउँपालिका-७ नागबेलीमा आगलागीबाट पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ। सोही स्थानका टिकबहादुर मगरको घरमा आगलागी हुँदा सो क्षति भएको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक राकेशकुमार पोदारका अनुसार मगरको काठको बेरा र फुसको छानो भएको २ तले घर जलेको हो ।
उनले भने, ‘घरमा के कारणले आगलागी भयो, खुलेको छैन। घरमा रहेको अन्नपात, भाँडाबर्तन, लत्ताकपडासहित घर पूर्ण रूपमा जल्दा पाँच लाखबराबरको क्षति भएको छ।’ उक्त आगो स्थानीयवासीहरूको सहयोगमा नियन्त्रणमा लिइएको छ।

