

मधेस प्रदेशसभाको बैठक आज बस्दै, विभिन्न समितिहरू गठन

जनकपुरधाम – मधेस प्रदेशसभाको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजे सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ।
यसअघि मंगलबार बसेको बैठकले विभिन्न विषयगत समिति गठन गरेको थियो। सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १३ बमोजिम कार्यव्यवस्था तथा परामर्श समिति र नियमावलीको नियम १४६ बमोजिम विभिन्न विषयगत समिति गठनका लागि राखेको प्रस्ताव बैठकले पारित गरेको थियो।
त्यसैगरी प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिम विभिन्न विषयगत समितिसमेत गठन गरिएको छ । जसअनुसार सार्वजनिक लेखा समितिमा अभिराम शर्मा, उपेन्द्र महतो, कनिश पटेल, भन्दनकुमार सिंह, जनार्दनसिंह क्षेत्री, मञ्जुकुमारी थापामगर, मनिसकुमार सुमन, युवराज भट्टराई, रामअशिष यादव, रेखा ठाकुर, लखन दास तत्मा, शङ्करप्रसाद चौधरी, शेषनारायण यादव र हरिनारायण महतो रहनुभएको छ ।
अर्थ तथा योजना समितिमा जङ्गीलाल राय, जैनव खातुन, दीपेन्द्रकुमार ठाकुर, प्रमोदकुमार यादव, फुलोकुमारी देवी, मालाकुमारी कर्ण, राजकुमार गुप्ता, रामबाबु यादव, श्यामप्रसाद पटेल, सञ्जयकुमार महतो, सकिल मियाँ र सतिशकुमार सिंह छन्।
त्यसैगरी कृषि तथा भूमि व्यवस्थापन समितिमा सरिताकुमारी साह, कौशलकिशोर राय, निलमकुमारी रजक, पलटीदेवी महरा, पल्टीदेवी यादव, बच्चा राउत अहिर, मोहम्मद रजी हैदर, मोहम्मद समिम, रमेशप्रसाद कुर्मी, लक्ष्मी देवी, शहिदा खातुन, सारदादेवी थापा र उर्मिलादेवी सिंह रहने भएका छन्।
प्रदेश मामिला समितिमा कृष्णप्रसाद यादव, जिवछीकुमारी यादव, त्रिलोकी प्रसाद, भरतप्रसाद साह, रमिता प्रधान, राजपतिदेवी जयसवाल, लालबाबु राउत, वीरेन्द्रप्रसाद सिंह, बेची लुङ्गेली, सरोजकुमार सिंह र हसिना खातुन, प्राकृतिक स्रोत तथा वातावरण समितिमा इन्दुकुमारी साह, गोविन्दबहादुर न्यौपाने, जितेन्द्रप्रसाद सोनार, त्रिभुवन साह, देवनारायण थारु, नागेन्द्र साह, नरुन नेसा, मनोजकुमार सिंह, विन्दुकुमारी यादव, सारदा दास पहाडी र ममतादेवी मण्डल छन्।
त्यसैगरी महिला बालबालिका तथा सामाजिक न्याय समितिमा अञ्जना पण्डित, अनिरुद्रकुमार सिंह, किरण कुमारी, किशोरी देवी, कुमरकान्त झा, जयचन्द्रप्रसाद पटेल, फकिरा महतो, भाग्यश्रीकुमारी चौधरी, मञ्जुकुमारी मण्डल, रानीकुमारी तिवारी, रुपाकुमारी यादव, ललिता दास, विनादेवी शर्मा र सकुन्ती देवी चयन भएका छन्।
विकास समितिमा शारदाशङ्करप्रसाद कलवार, कञ्चन विछा, जयनुल रायन, जवाहरलाल कुशवाह, प्रमोदकुमार जयशवाल, शोभा देवी, मोहम्मद समिर, मीनाकुमारी लामा, रत्नेश्वर गोइत यादव, रवीन्द्रदास श्रेष्ठ, राजेन्द्रप्रसाद चौधरी थारु, रामसरोज यादव, शम्भुकुमार साह, सुनिलकुमार यादव र विमला अन्सारी तरन्नुम रहेका छन्।

