राष्ट्रपतिको सवारीका बेला हिँडेको भन्दै प्रहरीको लाठी, ट्रमा सेन्टरका चिकित्सक घाइते


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा सडकमा हिँडेको भन्दै सुरक्षाकर्मीले लाठी प्रहार गर्दा राष्ट्रिय ट्रमा सेन्टरका अंको सर्जन डा. जनीथ सिंह घाइते भएका छन् ।

शुक्रबार राष्ट्रपति संसद्मा सम्बोधन गरेर फर्कने क्रममा वीर अस्पताल बाहिर बाटोमा हिँडिरहेका डा. सिंहमाथि लाठी चार्ज गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

गम्भीर घाइते उनको ट्रमा सेन्टरमा उपचार भइरहेको सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए ।

डा. सिँहले आफू चिकित्सक भएको र वीर अस्पताल जान लागेको भन्दै कार्ड देखाउँदासमेत सुरक्षाकर्मीले उनको कार्ड खोसेर लाठी प्रहार गरेको मरासिनीले जानकारी दिए ।

स्वास्थ्यकर्मीमाथि प्रहरीको दुर्व्यवहारविरुद्ध यतिखेर वीर अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया