


६ सयले घट्यो सुन चाँदीको भाउ, आज ताेलामा कति ?

काठमाण्डाै – सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । हिजो र अस्ति तोलामा ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९२ हजार रुपैयाँमा झरेको छ ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँले घटेर १३ सय २० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।

