आईपीएलका लागि ५ नेपाली महिला क्रिकेटर अक्सनमा


काठमाडौं – नेपालका ५ महिला क्रिकेटर भारतीय लिगको अक्सनको सिफारिसमा परेका छन् । भारतमा पहिलो पटक हुन लागेको महिला आईपीएल क्रिकेट (वुमन्स प्रिमियर लिग) डब्लूपीएलको अक्सनका लागि नेपालका ५ खेलाडीको नाम सिफारिस भएको हो ।

राष्ट्रिय महिला टिमकी कप्तान रुविना क्षेत्रीसहित सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर र अस्मिना कर्माचार्यको नाम लिगका लागि सिफारिस भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले पाँच खेलाडीको नाम लिगका लागि सिफारिस गरेर भारतीय क्रिकेट बोर्डमा पठाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

प्रतिक्रिया