सडकबत्तीका लागि महानगर र विद्युत् प्राधिकरणबीच सम्झौता


काठमाडौं — काठमाडौं महानगरपालिका र नेपाल विद्युत प्राधिकरणबीच महानगर क्षेत्रका मुख्य सडकमा आधुनिक सडकमा बत्ती जडान गर्न सम्झौता भएको छ ।

यसअघि महानगरपालिका, प्राधिकरण र सडक विभागका बीच भएको सहमतिका आधारमा भएको सम्झौतामा महानगरका तर्फबाट सार्वजनिक निर्माण विभागका प्रमुख रामबहादुर थापाले र प्राधिकरणका तर्फबाट कानुन विभागका निर्देशक बलराम सिलवालले हस्ताक्षर गरेका हुन् ।

बत्ती जडान गर्न ११ करोड ९९ लाख ७४ हजार ९२५ रुपैयाँ लागत अनुमान गरिएको छ । यसको ६० प्रतिशत रकम काठमाडौं महानगरपालिकाले र ४० प्रतिशत रकम नेपाल विद्युत प्राधिकरणले व्यहोर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको काठमाडौं महानगरले जनाएको छ ।

प्रतिक्रिया