

यान्त्रिक अवस्था ठीक नभएका सवारी साधन चलाउने २८ चालकलाई कारबाही

काठमाडौं – अवस्था ठीक नभएका सवारी साधन चलाउने २८ जना चालक कारबाहीमा परेका छन्।
काठमाडौंको कीर्तिपुरमा शुक्रबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठीक नभएका २८ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो।
दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलीले ११० भन्दा बढी सवारी साधन चेक गरेको थियो। हेण्डब्रेक नभएका, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठीक नभएका सवारी साधन फेला परेको थियो।

