

एमाले अध्यक्ष ओली र बेलायती राजदूत निकोलाबीच भेटवार्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि बेलायतकी राजदूत निकोला काथ्रिन पोलिटबीच भेटवार्ता भएको छ।
ओली र निकोलाबीच बुधबार दिउँसो एमाले संसदीय दलको कार्यालय सिंहदरबार भेटवार्ता भएको हो ।
अध्यक्ष ओली सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक हुन्।
उक्त भेटमा संक्रमणकालीन न्यायको विषय लागयात द्विपक्षीय हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ।

