

जनक शिक्षाका प्रबन्ध निर्देशकको राजीनामा माग गर्दै अनेरास्ववियुको प्रदर्शन

काठमाडौं – जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशकको राजीनामा माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
जनक शिक्षाका प्रबन्ध निर्देशकका कारण संस्थान धरासयी भएको भन्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले भक्तपुरस्थित केन्द्रमा पुगेर प्रदर्शन गरेका हुन् ।
उनीहरूले केन्द्रमा भएको भ्रष्टाचार छानबिन गर्न माग गरेका छन् भने विद्यार्थीहरूलाई पाठ्यपुस्तक समयमा नै उपलव्ध गराउनुपर्ने भन्दै नाराबाजी गरेका थिए ।
प्रदर्शनका क्रममा उनीहरूले केन्द्रको गेटको ताला फोडेर भित्र प्रवेश गरेपछि प्रहरीले बलपूर्वक बाहिर निकालेको थियो ।

