


एनआरएनए स्पेनको वार्षिक साधारणसभा सम्पन्न

स्पेन – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्पेनको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष दिनेश गुरुङको सभापतित्वमा सम्पन्न भएको साधारणसभामा प्रमुख अतिथिको रुपमा स्पेनका लागि नेपाली महामहिम राजदुत दावा फुटी शेर्पाले गरेकी थिइन् ।
साधारणसभामा विशिष्ट अतिथिको रूपमा क्रमशः गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद उपाध्यक्ष डा. बद्री केसी, महासचिव डा. हेमराज शर्मा उपस्थित भएका थिए ।
त्यसैगरि विशेष अतिथिको रुपमा युरोप संयोजक नारायण आचार्य, उप–संयोजकत्रय मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने, एनआरएनए विधान संशोधन समिति उप(संयोजक तथा आइसिसी यूके रामशरण सिंखडा, आइसिसी मानार्थ सदस्यत्रय क्रमशः एकराज गिरी, दीपक खरेल तथा ऋषि श्रेष्ठ, आइसिसी सदस्यद्वय सुनील रानाभाट, चिन्तामणि सापकोटाका साथै युरोपका विभिन्न मुलुकका राष्ट्रिय परिषदका (एनसीसी) अध्यक्षहरु उपस्थित थिए ।
सभामा एनआरएनए स्पेनका कार्यसमितिका पदाधिकारी तथा सदस्य, संरक्षक तथा सल्लाहकारहरु, क्षेत्रीय समितिका अध्यक्षहरु, स्पेन स्थित विभिन्न सामाजिक, जातिय तथा राजनीतिक नेपाली संघ संस्थाहरुका अध्यक्षहरु तथा एनआरएन स्पेनका पंजीकृत सदस्यहरुको उपस्थिति रहेको थियो ।

सभामा संघका उपाध्यक्ष उत्तर कुमार राईले स्वागत मन्तव्य राखेका थिए भने एनसीसी स्पेनका सम्पूर्ण विभाग प्रमुखहरुले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भर्चुअल मार्फत भएको साधारण सभामा प्रमुुख अथितिको रुपमा बोल्दै स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पाले प्रवासमा रहेर पनि नेपाल र नेपालीको हितको लागि संस्थाले गरेका कामको प्रशंसा गर्दै थप उपलब्धिमूलक सामजिक काममा अग्रसर हुन शुभकामना दिएकी थिइन् । राजदुत शेर्पाले कोभिडको समयमा एनआरएन र स्पेनमा रहेका अन्य संघसंस्थाले खेलेको भुुमिकाको खुलेर प्रशंसा गरिन् । कोभिड १९ को संक्रमणकालमा देखिएको नेपालीहरुबीचको एकता सदा कायम राख्नुपर्नेमा जोड दिन अनुरोध गरिन् । उनले डायस्पोरा बलियो भयो भने दुतावासलाई पनि काम गर्न सजिलो हुने भन्दै नेपालीहरुबीचको एकतामा जोड समेत दिएकी छिन् । उनले सिमित जनशक्ति र बजेटको बाबजुत पनि दुतावासले स्पेनबासी नेपालीहरुको समस्या समाधानमा पहल जारी राखेको बताइन् ।
साधारण सभामा शुभकामना मन्तव्य राख्दै एनआरएनए आइसीसी वरिष्ठ उपाध्यक्ष डा. बद्रि केसीले एनआरएनए स्पेन आसिसिको लागी भरपर्दो एनसिसिको रुपमा रहेको बताए । उनले स्पेनमा विशेषगरी महिला र युवा विभागले गरेको कामको प्रशंसा गरे । उनले कोभिडको समयमा ५० वटा देशमा २५ हजार स्वयंसेवक नेपालीलाई सहयोग गर्न खटिएको भन्दै यस अभियानमा सहयोग गर्ने सवैलाई धन्यवाद समेत दिए।
यसैगरि विशेष अतिथिको रुपमा शुभकामना मन्तव्य राख्दै आइसिसी महासचिब डा। हेमराज शर्माले कोभिडको समयमा विदेशमा समस्यामा परेका १ लाख ६३ हजार नेपालीलाई सहयोग गरेको भन्दै यस कार्यमा सहयोग गर्ने सवै एनआरएनकर्मीलाई धन्यवाद दिए । उनले एनआरएनएको पहलमा नेपालमा १० अर्बको प्रोजेक्ट सञ्चालन हुन लागेको जानकारी दिँदै यसको लागि १ अर्ब संकलन भैसकेको बताए ।
त्यसैगरी सभामा आइसिसी युरोप संयोजक नारायण आचार्य, युरोप उपसंयोजकत्रय मुक्त बहादुर गुरुङ, कृष्ण तिमिल्सिना, शुक्रराज न्यौपाने, आइसिसी विधान संशोधन समिति उपसंयोजक रामशरण सिंखडा, आईसीसीद्वय सुनिल रानाभाट र चिन्तामणि सापकोटालगायतले रचनात्मक सुझावसहित सबल एनसीसी स्पेन बनाउन सधैं आफ्नो साथ र सहयोग रहने भन्दै आफ्नो शुभकामना सन्देश राखेका थिए ।
संघका अध्यक्ष तथा सभापति दिनेश गुरुङले सभालाई सम्बोधन गर्दै हालसम्म भएका कामहरूको प्रगति विवरण अवगत गराउँदै ती कामहरू सफल पार्न विभिन्न व्यक्ति तथा संस्थाहरुले गरेको सहयोगको मुक्त कण्ठले प्रशंसा गर्दै सबैको थप रचनात्मक सुझाव र सहयोगको अपेक्षा राख्दै एनआरएनए स्पेनलाई सबल र सक्षम बनाउन आफू सदैव लागि पर्नेमा जोड दिए ।

