

अमेरिकामा भएको गोलीकाण्डबाट राष्ट्रसङ्घीय महासचिव स्तब्ध

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले गत शनिबार राति अमेरिकाको दक्षिणी क्यालिफोर्नियाको एक एसियाली शहरमा भएको गोलीकाण्डमा परी भएको मृत्युले आफूले स्तब्ध भएको बताएका छन् ।
सो गोलीकाण्डमा परेर कम्तीमा पनि १० जनाको मृत्यु भएको थियो भने अरु १० जना घाइते भएका थिए । सो गोलीकाण्डमा परी घाइते भएका थप एकजनाको सोमबार निधन भएपछि सो काण्डमा परेर ज्यान जानेको संख्या ११ पुगेको समाचारमा जनाइएको छ । अमेरिका शहर क्यालिफोर्नियाको उक्त शहरमा स्थानीय समुदायले ‘लुनार नयाँ बर्ष’ मनाइरहेका बेला मोन्टेरे पार्कमा रहेको एक नृत्य स्थलमा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।
शनिबार राति सो स्थानमा नाचगान भइरहेका बेला १० बजेर २० मिनेट जाँदा सो गोलीकाण्ड भएको थियो । तत्कालै सो स्थानमा प्रहरी अधिकारीहरू पुगेका र त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा छरिएर रहेका थिए । महासचिव गुटरेसका प्रमुख प्रवक्ता स्टेफान डुजारिकले दिएको जानकारीअनुसार महासचिव गुटरेसले सो दुर्घटनामा परेर ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्छ र उनीहरुका परिवारलाई समवेदना व्यक्त गरेका छन् ।
महासचिव गुटरेसले यस्ता घटना दाहोरिन नदिन सबै सचेत हुनुपर्ने भन्दै यस्ता हत्यामा संलग्नहरुलाई कानुनी कारबाहीका दायरामा ल्याउनुपर्ने पनि बताएका छन् । सो स्थानबाट शंकास्पद आक्रमणकारी घटनास्थलबाट भागेकोले भन्दै प्रहरीले उसलाई तुरुन्तै पछ्याएको थियो । लस एन्जलसशहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एशियालीहरूको बसोबास रहेको बताइएको छ ।

