ल्होसारले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्छः राष्ट्रपति


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वले नेपालीबीच सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना वृद्धि गर्ने बताएकी छिन्।

आइतबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सोनाम ल्होसार जस्ता चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास लिएको बताएकी हुन्।

यो पर्वले सबै नेपाली बीचको एकतालाई अझ सुदृढ गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माण गर्नका लागि अघि बढ्न सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गरेकी छिन्।

उनले स्वदेश तथा विदेशमा रहेकासबै नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि  शुभकामना व्यक्त गरेकी छिन्।

 

प्रतिक्रिया