

गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनाउनु आफैंमाथि अविश्वास गर्नु हो : सुवास नेम्वाङ

काठमाडौं – नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने बताएका छन् ।
आज (बिहीबार) प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले गैरराजनीतिक व्यक्तिलाई प्रधानमन्त्री बनाउनु दलहरुले आफैंमाथि विश्वास नगर्नु रहेको बताए ।
उनले राष्ट्रपतिका लागि दलहरुले सक्षम व्यक्ति छान्नुपर्ने भन्दै राष्ट्रपति बन्न कुनै कुलमा जन्मिनु आवश्यक नभएको पनि बताए । ‘जनताको छोराछोरी नै राष्ट्रपति बन्ने हो, कोही पनि बन्नसक्छ’ उनले भने । उपाध्यक्ष नेम्वाङले संविधानले कल्पना गरेको सक्षम व्यक्तिले मात्र संविधानअनुसार काम गर्नसक्ने पनि बताए ।
उनले सभामुखमा सक्षम व्यक्ति निर्वाचित भएको भन्दै अब देवराज घिमिरेले सबैको विश्वास जितेर काम गर्ने बताए

