पहिलोपटक भारतमा ट्याबलेटबाट बजेट सार्वजनिक, नेपालका लागि छुट्ट्यायो ९.९२ अर्ब भारु


भारत – भारतले आगामी अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष २०२१र२२ को बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले सोमबार पहिलोपटक ट्याबलेटबाट बजेट पेस गरेकी हुन् । सोमबार बजेट भाषणको क्रममा सबै सांसदलाई पनि बजेटको डिजिटल कपी दिइएको थियो ।

भारतले आफ्नो नयाँ बजेटमा नेपाललाई दिने सहायतामा पोहोर सालको तुलनामा केही वृद्धि गरेको छ । आज वाचन गरिएको बजेटमा भारतले नेपाललाई सन् २०२१–२२ को आर्थिक वर्षका लागि अनुदानका रूपमा ९.९२ अर्ब भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) छुट्ट्याएको छ । पोहोर साल भारतले नेपाललाई ८ अर्ब भारु छुट्ट्याएको थियो ।

बजेट भाषणको क्रममा सितारमणले भारतले एकसयभन्दा धेरै मुलुकलाई कोरोना खोप दिने बताएकी थिइन् । कोरोना महामारी अहिले विश्वभर फैलिएको अवस्थामा भारतले खोपका लागि तीन खर्ब ५० अर्ब भारु छुट्याएको छ । भारतले यस वर्षको स्वास्थ्य बजेट १३७ प्रतिशत बढाउँदै २२ खर्ब ३८ अर्ब ४६ करोड पुर्‍याएको छ ।

यस्तो छ भारतले घोषणा गरेको छिमेकी मुलुकलाई दिने अनुदान (भारू)
भुटान : ३० अर्ब ४ करोट
नेपाल : ९ अर्ब ९२ करोड
अफगानिस्तान : ३ अर्ब ५० करोड
बंगलादेश : २ अर्ब
नेपाल : ९ अर्ब ९२ करोड
श्रीलंका : २ अर्ब
माल्दिभ्स : २ अर्ब ५० करोड
म्यानमार : ४ अर्ब

प्रतिक्रिया