लुम्बिनीका मुख्यमन्त्री गिरीसँगै दुई मन्त्रीले लिए पद तथा गोपनीयताक शपथ


काठमाडौं – लुम्बिनी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री लिला गिरीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

उनले आज (बिहीबार) दिउँसो दाङको राप्ती उपत्यकास्‍थित नवनिर्मित प्रदेशसभा भवन परिसरमा उनले शपथ लिएका हुन्। उनलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाएका हुन् ।

यस्तै मुख्यमन्त्री गिरीले सानो मन्त्रिमण्डल पनि गठन गरेका छन्। नेकपा एमालेका नेता चेतनारायण आचार्य र माओवादी केन्द्रकी कृष्णा केसी पनि मन्त्री बनेका छन् । उनीहरू बिना विभागीय मन्त्री बनेका हुन् । उनीहरूले पनि शपथ लिएका छन् ।

प्रतिक्रिया