

नेपाल प्रहरीका डिआईजीको सरुवा, अशोक सिं सुदूरपश्चिम पुग्दा बागमतीमा दीपक थापा (सूचीसहित)

काठमाडौं – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआईजी) को सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार १ नं. प्रदेशमा श्यामलाल ज्ञवाली, मधेश प्रदेशमा बसन्त कुँवर, बागमती प्रदेश प्रहरी कार्यालयमा दीपक थापाको सरुवा भएको छ ।
त्यस्तै बुद्धि गुरुङ गण्डकी प्रदेश सरुवा भएका छन् भने लुम्बिनी प्रदेशमा यसअघि प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका टेकप्रसाद राई सरुवा भएका छन् ।
त्यस्तै कर्णाली प्रदेशमा भीम ढकाल र सुदूरपश्चिम प्रदेशका अशोक सिं सरुवा भएका छन् ।
त्यस्तै विशेष ब्यूरोमा सुदिप गिरी र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा किरण राणाको सरुवा भएको छ ।
डिआईजी पोषराज पोख्रेल प्रहरी प्रवक्ता एवं सूचना अधिकारीमा सरुवा भएका छन् ।
सूचीः

