

प्रदेश १ का सभामुख बाबुराम गौतमले लिए शपथ

विराटनगर – प्रदेश १ का नवनिर्वाचित सभामुख बाबुराम गौतमले आज शपथ लिएका छन्।
गौतम सत्ता पक्ष र प्रतिपक्षी दलको समर्थनमा सभामुख बनेका हुन्।
माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका हुन्।
उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन्।

