
महिला लिग फुटबलः विराटनगर तेस्रो स्थानमा
काठमाडौं- चौदण्डीगढीलाई हराउँदै विराटनगर महानगरपालिका राष्ट्रिय महिला लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्पलेक्समा सम्पन्न खेलमा विराटनगर चौदण्डीलाई ६–० गोलले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो।
विराटनगरको जितमा अनु राईले २ गोल गरिन् भने इमा राई, मनिषा थापा मगर, कुशुम खतिवडा र पार्वती घलेले १–१ गोल गरे। अनुले २१ र ३६ औं मिनेटमा गोल गर्दै विराटनगरलाई अग्रता दिलाइन्।
त्यसलगत्तै कुशुमले र ४३ औं मिनेटमा मनिषाले गोल गरेपछि पहिलो हाफमै विराटनगरले ४-० गोलको अग्रता बनाएको थियो। दोस्रो हाफमा चौदण्डीले रणनीति सुधार गरे पनि विराटनगरलाई थप २ गोल गर्नबाट रोक्न भने सकेन।
जहाँ कुसुमले ८२ औं र पार्वतीले ८३ औं मिनेटमै गोल गर्दै विराटनगरलाई ६-० गोलको जित दिलाए। चौदण्डीगढीले जारी लिगका कुनै खेलमा जित निकाल्न सकेको छैन। चार खेलमा पराजित भएको उसले जम्मा एक गोल गरेको छ।
जितसँगै सात अंक जोडेको विराटनगर नेपाल पुलिस क्लबलाई पछि पार्दै अंक तालिकाको तेस्रो स्थानमा छ। आजको दोस्रो खेलमा विभागीय टिम एपीएफले वालिङको सामना गर्दैछ।



कागजपत्र |
