मधेस प्रदेशसभा सदस्यले लिए शपथ, माओवादीका दुई सांसद वञ्चित


जनकपुरधाम । मधेस प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका जेष्ठ सदस्य गोविन्दबहादुर न्यौपानबाट उनीहरुले शुक्रबार शपथ ग्रहण गरेका हुन् ।

मधेश प्रदेशसभा १०७ सदस्यीय रहेको छ । ज्येष्ठ सदस्य न्यौपानेबाट १०४ जनाले शुक्रबार शपथ लिँदा माला कर्ण र महोत्तरीका रजी हैदरले सर्वोच्च अदालतको आदेशअनुसार शपथ लिन नपाएको प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले बताए । स्रोतका अनुसार माओवादीका समानुपातिक (नाम नखुलेको) उम्मेदवारले नै आफू निर्वाचित हुनुपर्ने भन्दै रिट दायर गरेका थिए ।

५३ सांसदले नेपाली र ४९ सांसदले मातृभाषामा शपथ लिएका छन् । बज्जिकामा १३, मैथिलीमा ११ र भोजपुरीमा ७ सांसदले शपथ लिए । राजकुमार लेखी र राजेन्द्रप्रसाद चौधरीले थारु भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यस्तै, मगही र हिन्दी भाषामा २र२ सांसदले शपथ लिएका छन् । एक मात्र सांसद विमला अन्सारी भने उर्दु भाषामा शपथ लिएकी छन् । विवादित मधेशी भाषामा जनमतका १२ सांसदले शपथ लिएका छन् । तर सोही पार्टीका सतिश सिंहले भने मैथली भाषामा शपथ लिए ।

प्रतिक्रिया