मोरङ ५ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यलाई कारबाही गर्न एमालेको सिफारिस


विराटनगर – नेकपा एमाले जिल्ला कमिटी मोरङको बैठकले ५ नम्बर क्षेत्रका प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल ‘जोगी’लाई कारबाही गर्न सिफारिस गरेको छ ।

मोरङको ५ नम्बर क्षेत्रमा एमालेले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग गठबन्धन गर्दा उम्मेदवार बन्नबाट वञ्चित भएपछि मण्डलले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका छन् ।

चुनाव जितेपछि मण्डललाई कारबाही नगर्ने मनसाय एमालेले बनाएको थियो तर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन नगरेपछि कारबाहीको सिफारिस गरेको छ । उनी प्रदेश कमिटी सदस्य हुन् ।

प्रदेश कमिटीलाई उनी संगठित सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको नेकपा एमाले मोरङले जनाएको छ ।

प्रतिक्रिया