बन्दीपुरमा ‘खुला समीक्षा’ भेला गर्दै विवेकशील साझा


काठमाडौं – विवेकशील साझा पार्टीले बदलिँदो नयाँ रणनीतिबारे समीक्षा गर्न १५ र १६ पुषमा तनहुँको बन्दीपुरमा समीक्षा बैठक गर्ने भएको छ।

प्रवक्ता प्रकाशचन्द्र परियारका अनुसार प्रादेशिक हैसियतका पार्टीका अगुवा कार्यकर्ताहरू सम्मिलित समीक्षा बैठकमा निर्वाचन परिणाम, वैचारिक, बदलिँदो राजनीतिक विकासक्रम, वैकल्पिक राजनीतिको आगामी स्पेस र सहकार्य, ध्रुवीकरणसम्मका खुला छलफल हुन लागेको हो।

‘अगुवा साथीहरूसँग निर्ममताका साथ छलफलको फोरमका रूपमा समीक्षा बैठकलाई डिजाइन गरिएको छ, सबै कोणबाट आफ्ना सुझाब, अनुभव र आगामी बाटोबारे अगुवा साथीहरूले बहस गर्नुहुन्छ,’ प्रवक्ता परियारले भने, ‘संघीय समितिले आफ्ना कुरा लाद्नेछैन, अगुवाका सुझाब, सल्लाह र रचनात्मक आलोचना लिपिबद्ध गरिनेछ।’

प्रतिक्रिया