

गृहमन्त्री रवि लामिछानेले गरे पदभार

काठमाडौं – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रीको शपथ लिएसँगै गृहमन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।
मन्त्री लामिछानेले राष्ट्रपति विद्यादेवि भण्डारीबाट पद तथा गोपणियताको शपथ लिए लगत्तै सिंहदरवार पुगेर भदभार ग्रहण गरेका हुन् ।
भदभार ग्रहणगरे संगै उनले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताएका छन् ।
उनले यही नै गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिए ।

