प्रचण्ड-ओली सहकार्यको मसालद्वारा विरोध


काठमाडौं – नेकपा मसालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग गरेको सहकार्यको विरोध गरेको छ।

पाँच दलीय गठबन्धनले लामो समयदेखि एमालेले नेतृत्व गरेको प्रतिगमनको विरुद्ध सङ्घर्ष गर्दै आएको भन्दै मसालले एक विज्ञप्तिमार्फत गत निर्वाचनमा प्रतिगमनविरुद्ध पाँचदलीय चुनावी तालमेल समेत भएको स्मरण गरेको छ ।

तर, गठबन्धनको तर्फबाट प्रधानमन्त्री पद नपाएको हुनाले प्रचण्डले आफ्नो नेतृत्वमा सरकार बनाउनका लागि एमालेसित साँठगाँठ गर्ने कार्य गर्नु सिद्धान्तहीन, अराजनीतिक र हद दर्जाको अवसरवादी कार्य भएको महासचिव मोहन विक्रम सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यो कार्य जनतासित ठूलो धोका पनि मसालको ठहर छ । प्रधानमन्त्री बन्नका लागि प्रचण्डले सबै प्रतिगामी शक्ति तथा अमेरिका र भारतीय साम्राज्यवादपरस्त तत्त्वहरूसित गठबन्धन गरेको पनि मसालले आरोप लगाएको छ ।

प्रतिक्रिया