

लुम्बिनी प्रदेशको पहिलो बैठक भालुवाङमा

काठमाडौँ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ) मा प्रदेश सभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
सोही भवनमा प्रदेश सभाको पहिलो बैठक बस्ने गरी तयारी गरिएको छ । राप्ती गाउँपालिका–३ लालमटियामा प्रदेश सभा भवन बनिरहेको छ ।
राप्ती गाउँपालिका–३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थानान्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालयलगायत अन्य मन्त्रालयका लागि संरचना प्रयोगमा आएका हुन् ।
नवनिर्वाचित प्रदेश सांसदहरूले भालुवाङस्थित नयाँ भवनमा शपथ खाने तयारी भइरहेको छ ।

