

विश्वकप उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने, मोरक्को २-० ले पराजित

काठमाडौं -कतारमा जारी फिफा विश्वकपमा उपाधिका लागि अर्जेन्टिना र साविक विजेता फ्रान्स भिड्ने भएका छन् ।
दोस्रो सेमिफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेसँगै ह्युगो लोरिसको टिमले उपाधिका लागि लियोनल मेसीसँगको भेट पक्का गरेको हो ।
फ्रान्सको जितमा थियो हर्नान्डेज र कोलो मुआनीले गोल गरे ।
फ्रान्सअघि अर्जेन्टिनाले सेमिफाइनलमा साविक उपविजेता क्रोएसियालाई ३–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । अर्जेन्टिनाको जितमा युलियन आल्भारेजले दुई र मेसीले एक गोल गरेका थिए ।
फाइनल खेल आइतबार लुसैल रंगशालामा हुनेछ । यो खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ । हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुईपटक विश्वकपको उपाधि जितेका छन् ।

