

चिनियाँ कृषक तथा मजदुर पार्टीको अध्यक्षमा ख वई निर्वाचित

बेइजिङ – चिनियाँ कृषक तथा मजदुर प्रजातान्त्रिक पार्टीको अध्यक्षमा ख वई निर्वाचित भएका छन्। पार्टीको १७औं महाधिवेशनमा उनी अध्यक्षमा निर्वाचित भएका हुन्। महाधिवेशनले २०६ सदस्सीय केन्द्रीय कमिटी चयन गरेको छ।
उनी लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्यरत थिए। साथै उनी चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिको उपाध्यक्ष समेत हुन्।
यस पार्टीको स्थापना सन् १९३० अगस्टमा सांघाइमा भएको थियो। यो पार्टी चीनका आठ गैरकम्युनिष्ट पार्टीमध्ये एक हो। यस पार्टीमा १ लाख ९२ हजार सदस्य रहेका छन्।

