

राष्ट्रिय स्वतन्त्र पार्टीको १३ जना समानुपातिक सांसदको सूची तयार, को-को परे ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका नेताले १३ जना समानुपाितक सांसदको सुिच तयार पारेको छ ।
आज बसेको बैठकले १३ जनाको नामावली टुङ्गो लगाएसँगै समानुपातिक सूची बोकेर प्रवत्ता लगायत नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीका एक नेताका अनुसार सूची बुझाउन प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू सूची बोकेर आयोग पुगेका हुन् ।
ती नेताका अनुसार समानुपातिकतर्फ डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, डा चन्दा कार्की, डोलप्रसाद अर्या, निशा डाँगी, विनीता कठायत, सन्तोष परियार र शिव नेपाली, लक्ष्मी तिवारी, मनिष झा, अशोक चौधरी र असिम साह चयन भएका छन् ।

