

केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयी भएपश्चात निर्वाचित प्रमाणपत्र लिएका छन् ।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी श्रीमती राधिकासहित झापा पुगेर विजयीको प्रमाणपत्र लिएका हुन् ।
अध्यक्ष ओलीले झापा क्षेत्र नं ५ बाट ५२ हजार ३१९ मतसहित विजयी भएका हुन् । उनले प्रतिद्वन्दी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।
उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका छन् ।

