

मोरङ ४(१) बाट गुरु घिमिरेलाई हराउँदै एमालेका चौधरी निर्वाचित

विराटनगर – मोरङ क्षेत्र नं. ४(१) मा एमालेका उम्मेदवार जयप्रकाश चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेलाई ४०७ मत अन्तरले पराजित गरी चौधरी निर्वाचित भएका हुन् ।
चौधरीले १५ हजार ४६५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी घिमिरेले १५ हजार ५८ मत ल्याएका छन् ।
निर्वाचित भएका चौधरीलाई घिमिरेले बधाई दिएका छन् । बधाई दिँदै घिमिरेले आफ्ना अनुभव तथा सल्लाह सुझव दिएर सघाउने बताएका छन् । ‘पढेलेखेको युवा संसदमा आउनु भएको छ उहाँलाई बधाई छ उनले भने उहाँलाई मेरो पूरै सहयोग हुन्छ’, घिमिरेले भने ।
विजयी भएका चौधरीले घिमिरे अविभावक भएकाले उनको सरसल्लाहबमोजिम काम गर्ने बताए ।

