

गोरखामा १२ हजार ५७१ मतगणना बाँकी, दाहालको जित निश्चित

गोरखा – प्रतिनिधिसभा गोरखा-२ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जित निश्चितप्राय: बनेको छ । १२ हजार पाँच सय ७१ मतगणना बाँकी हुँदा दाहालले निकटतम प्रतिस्पर्धीलाई १२ हजार ६ सय १२ मतले पछि पारेका छन् ।
४१ हजार चार सय ७ मत गणना हुँदा दाहालले २१ हजार ७५ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार चार सय ६३ मत ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ ५ हजार तीन सय ३७ मतका साथ तेस्रो स्थानमा छन् । गोरखा–२ को प्रतिनिधिसभा अन्तर्गत ५३ हजार नौ सय ७८ मत खसेको थियो ।

