


इलाम-२ मा प्रतिनिधि सभातर्फको मतगणना स्थगित

इलाम – इलामको निर्वाचन क्षेत्र नम्बर २ को मतगणना स्थगित भएको छ । अपरान्ह साढे ४ बजेदेखि मतगणना स्थगित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणना कार्य सञ्चालनका लागि सर्वपक्षीय छलफल गर्नुपर्ने भएकाले साढे ५ बजेलाई बैठक बोलाइएको छ ।
बैठकमा सहभागी हुन उम्मेदवार, राजनीतिक दलका प्रतिनिधि, तथा निर्वाचन प्रतिनिधिलाई मतगणनास्थल गौतमबुद्ध सभागृह(सिटीहल)मा बोलाइएको छ ।

