उदयपुरमा अटो दुर्घटना : एकको मृत्यु, ८ घाइते


उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकाको दियालेमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

अटो दुर्घटनामा घाइते भएकी उदयपुरको त्रियुगानगरपालिका ४ की ५ वर्षीया नुजल मगरको उपचारको क्रममा ज्यान गएको छ ।

मंगलबार साउनेबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१–०५–००१ ह.००२७ न.को अटो बेलुका त्रियुगा नगरपालिका १४ दियालेमा अनियन्त्रित भई दुर्घटना हु्ँदा मगरसहित ९ जना घाइते भएका थिए ।

क्षमताभन्दा बढि लोड लिएर आउने क्रममाअनियन्त्रित हु्ँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश पोदारले बताए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

अधिकांश घाइतेको खुट्टा, अनुहार र शरीरका अन्य भागमा चोट लागेको छ । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको डीएसपी पोदारले बताए ।

प्रतिक्रिया