भैरहवा विमानस्थलको सञ्चालन खर्च उठाउन काठमाडौंबाट चार्टर्ड उडान बन्द


काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणले अब त्रिभुवन विमानस्थलबाट हवाई जहाजमार्फत हुने चार्टर्ड उडान प्रतिबन्ध गरेको छ । प्राधिकरणले भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च उठाउनुपर्ने भन्दै काठमाडौंबाट चार्टर्ड उडान गर्न नदिने निर्णय गरेको हो ।

यसले त्रिभुवन विमानस्थलको बिजनेस भैरहवाले पाउने भएको छ । सञ्चालन खर्च समेत नउठेपछि प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनमा त्रिभुवन विमानस्थलबाट चार्टर्ड उडानको अनुमति नदिने निर्णय गरेको सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।

त्रिभुवन विमानस्थलको ट्याक्सी–वे विस्तारको काम पनि गर्नुपर्ने भएकाले सकेसम्म भैरहवामा अन्तर्राष्ट्रिय उडानहरु लैजान खोजिएको उनको दावी छ । यसअघि प्राधिरकणले विदेशबाट आउने चार्टर्ड उडान भैरहवा पठाउन सुरु गरिसकेको थियो ।

प्राधिकरणले अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई उडान तालिकामा भैरहवाबाट पनि उड्न बाध्यकारी गराउने गरी त्रिभुवन विमानस्थलबाट हुने केही उडान कटौती गरिदिएको छ ।

प्रतिक्रिया