
पीएसजीको जितमा मेस्सी, नेयमार र एमबाप्पेको गोल
काठमाडौँ- लिग वानअन्तर्गत शनिबार राति भएको खेलमा पीएसजीले ट्रोयसमाथि ४–३ गोलको संघर्षपूर्ण जित हात पारेको छ।
दुईपटक पछि परेको अवस्थालाई उल्ट्याउँदै पीएसजीले जित हात पारेको हो।
पीएसजीलाई जित दिलाउने क्रममा कार्लोस सोलेर, लियोनेल मेस्सी, नेयमार र किलियान एमबाप्पेले १/१ गोल गरेका थिए। विपक्षी टोलीका लागि मामा बाल्डले दुई तथा एन्टी पालाभेर्साले एक गोल गरेका थिए।
यससँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले १३ खेलबाट ३५ अंक हात पारेको छ। दोस्रो स्थानमा रहेको लेन्सको समान खेलबाट ३० अंक छ।



कागजपत्र |
