पसलमाथि सजाइएको फूलमाला महानगरले हटायो


काठमाडौं – काठमाडौं महानगरपालिकाले तिहारका लागि सजाइएको फूलमाला हटाएको छ । आइतबार बिहान न्युरोड क्षेत्रका पसलमाथि सजाइएको फूलमाला महानगरको नगर प्रहरीको टोलीले हटाएको हो ।

महानगरले फुटपाथलाई असर गर्ने गरी बनाइएका संरचना हटाउँदै आएको छ । व्यापारीले फुटपाथ नै ढाक्ने गरी फूलमालाले सजाएपछि त्यसलाई पनि महानगरले हटाएको हो ।

प्रतिक्रिया