

अनेसासले मनायो सत्यमोहन जोशीको शोक सभा

काठमाडौँ। वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्झनामा अनेसासले शोक सभाको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्र, च्याप्टर र बोर्ड परिषद्को सहभागितामा आयोजित कार्यक्रममा विभिन्न साहित्यकारहरूले जोशीप्रति श्रदासुमन अर्पण गरेका छन् ।
कार्यक्रमका विशेष वक्ता साहित्यकार नरेन्द्रराज प्रसाईले जोशीसँगको सहयात्रा र जोशीको त्यागीपनाको चर्चा गर्दै शताब्दी पुरुषको उपाधिदेखि हुलाक टिकट प्रकाशनका बेलामा भएका गतिविधिको स्मरण गरे । अनेसासका पूर्वअध्यक्ष मोहन सिटौलाले जोशीसँगको यात्राको सम्झना गर्दै जोशीको स्वाभिमानी र स्वावलम्बीपनाको चर्चा गरे ।
कार्यक्रममा अनेसासका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, अनेसास बिओटी उपाध्यक्षद्वय पदम विश्वकर्मा र पुरु सुवेदी, सदस्य तीर्थराज अधिकारी, सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेल, सल्लाहकार गोविन्द गिरी प्रेरणा,वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, महासचिव विमला निरौला, कोलोराडो च्याप्टर अध्यक्ष राजु सिटौला लगायतले शोक मन्तव्य राखे ।

