नेपालका लागि अमेरिकी राजदूत थमसनद्वारा राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश


काठमाडाैं – नेपालका लागि अमेरिकी राजदूत डिन आर थमसनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् । शुक्रवार उनले राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

ओहदाको प्रमाणपत्र पेश गरेपछि अमेरिकी राजदूत थमसनले नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको बताएका छन् । उनले नेपाल र अमेरिकाबीच ७५ वर्ष पुरानो सम्बन्ध रहेको र आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया