ओलीले गरे सर्वसाधारणसँग ४ घण्टा टेलिफोन संवाद


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग चार घण्टा टेलिफोन संवाद गरेका छन् । उनले टेलिफोन संवादपछि कुरा गर्न पाएकोमा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

‘कल केपी बा कार्यक्रममा मैले करिब चार घण्टा टेलिफोन संवाद गरेँ । तपाईँहरूसँग भएका कुराकानीले म उत्साहित छु’, ओलीले आफ्नो फेसबुक पेजमा शुक्रबार दिउँसो लेखेका छन्, ‘दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जानेछु ।’

अध्यक्ष ओलीले आफूसँग संवाद गर्न इच्छुक नागरिकसँग बुधबार नाम र नम्बर टिपाउन आव्हान गरेका थिए। दुई दिनमा करिब १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएका थिए।

ओलीले गोलाप्रथा प्रणालीबाट छान्दै सम्पर्क गरेका थिए। पूर्वनिर्धारित कार्यक्रम अनुसार नै आज शुक्रबार दिउँसो १ बजेदेखि ओलीले नागरिकका प्रश्नको जवाफ दिन सुरु गरेका थिए।

प्रतिक्रिया