निर्वाचनका लागि ट्रेड युनियन कांग्रेसको परिचालन समिति गठन


काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल ट्रेड युनियन कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेस र सत्तागठबन्धनका आधिकारिक उम्मेदवारलाई विजयी गराउन परिचालन समिति गठन गरेको छ ।

कांग्रेसका निकायसँग समन्वय गरी ट्रेड युनियनका सम्पूर्ण संरचनालाई परिचालन गर्न अध्यक्ष पुष्कर आचार्यको संयोजकत्वमा आज परिचालन तथा प्रचारप्रसार समिति गठन गरिएको ट्रेड युनियनले जनाएको छ ।

प्रतिक्रिया