आइतबार राष्ट्र बैंकले ५ अर्ब ६० करोडको ट्रेजरी बोलकबोल गर्ने


काठमाडाैं – नेपाल राष्ट्र बैंकले आगामी आइतबार ५ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

कात्तिक १४ गते बिक्री गर्ने गरी बैंकले सो परिमाणको ट्रेजरी बोलकबोल गर्न लगेको हो । बैंकको सूचना अनुसार कात्तिक ६ गते आइतबार दिउँसो ३ बजे ट्रेजरीको बोलकबोल हुनेछ ।

९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले ९१ दिनका लागि ३ अर्ब ६० करोड रुपैयाँ छुट्याएको छ भने ३६४ दिनका लागि २ अर्ब रुपैयाँ छुट्याएको छ । यसअघि बैंकले असोज ३१ गते ४ किसिममा कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।

प्रतिक्रिया